बझाङ कांग्रेसद्धारा ओवादीसँग मात्र गठबन्धन गर्ने घोषणा



बझाङ । आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिले घोषणा गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा भएकाले गठबन्धन नगर्ने भएको हो ।



नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला भरिका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै



बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी भएको र एकल निर्णयका साथ अगाडी बढेको गुनासो आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज