७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको निर्णय



काठमाडौं । आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको हो ।



आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी प्रचलित कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको बताए।



आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ को उपदफा ३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज