नागरिकता विधेयकमा जनमोर्चाद्वारा राष्ट्रपतिको मौन समर्थन



काठमाडौं । पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति चासो दिन आवश्यक ठानेन् ।

राजमोका अध्यक्ष चित्रबहादुर केसी केसीले एकपटक संसद्बाट पारित भएर गएको विधेयक सन्देशसहित फिर्ता गरेकामा स्वागत गरिए पनि अहिले आफूहरू तटस्थ रहने बताएका छन् ।

साझा विज्ञप्तिमा गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाको भने हस्ताक्षर छैन । सो पार्टीकी एकमात्र सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा विधेयकको विपक्षमा मतदान गरेकी थिइन् ।

तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकार गर्ने निर्णयको विरोधमा निकालिएको विज्ञप्तिमा जनमोर्चा सहभागी भएन ।

केसीले भने, “गठबन्धनका दल एमसीसीमा पास गर्दा हामी विपक्षमा रह्यौँ । नागरिकता विधेयकमा पनि हामी असहमत भयौँ । तर, गठबन्धन कायम छ ।

उनले आफ्नो पार्टीले सुरुदेखि नै नागरिकता विधेयकप्रति फरक धारणा राखेको उल्लेख गर्दै अहिले राष्ट्रपतिको कदमबारे बोल्नु आवश्यक नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज