अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर, आफ्नै खर्चमा काठमाडौं प्रस्थान



कैलाली । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै विगत १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं हिँडेका छन् ।

२० औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डाक्टर केसीलाई सरकारले एयर लिफ्ट गर्न खोज्दा जान नमानेका उनी आज धनगढी-काठमाडौँ नियमित हवाइ उडानबाट काठमाडौँ गएका हुन् ।



सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए ।



उनी अहिले पौने ५ बजेश्री एयरलाइन्समार्फत काठमाडौं प्रस्थान गरेका हुन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज