मोन्टी देशाई भन्छन् – नेपाली खेलाडीको क्षमता अद्भूत छ, भविष्यमा राम्रो गर्न सक्छन्



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाली क्रिकेट टोलीका धेरै खेलाडीमा अद्भूत क्षमता भएको बताएका छन् । नेपालले प्राप्त गरेको सफलतापछि भावुक समेत देखिएका देशाईले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए । यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए ।



खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईको भनाई छ । उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भूत क्षमता भएको र भविष्यमा उनीहरूले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए।



लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज