मूल्य घटाउन अटेरी गर्दै आयल निगम



काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी गर्दै आएको छ ।

पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफामा कमाइ रहेको छ ।



नाफामा भएपनि इण्डियन कर्पोरिसन (आईओसी) लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई ६ अर्ब ३० करोड ऋण गरी ११ अर्ब १० करोड तिर्न बाँकी भन्दै स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने सोचमा निगम बसेको छ ।



पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन नाफा भएपनि खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ निगमले घाटा व्यर्होनु परेको हुँदा पेट्रोलियम पदार्थको मूल्य नघटाएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । कारोबार दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज