इमरान खानलाई अदालतको आदेश – आफैँ उपस्थित भएर आत्मसमर्पण गर्नू



एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतले आत्मसमर्पण गर्न आदेश दिएको छ ।

खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित हुन आदेश दिएको हो ।



त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्‍याएर खानमाथि दबाब बढाएको हो ।



इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

खानविरुद्ध अहिले सरकारी संरक्षित खजना सस्तो मूल्यमा खरिद गरेर अर्बौँ रुपैयाँ बिक्री गरेको आरोपमा अदालतले गिरफ्तारीको आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज