गृह मन्त्रालयमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले रोजेकै मन्त्रालय लिने बताएका छन्।

माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उपाध्यक्ष पाण्डेले अब रोजेकै मन्त्रालय लिने बताएका हुन् ।



उपाध्यक्ष पाण्डेले सरकारमा जाँदा आफ्नो पार्टीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने बताए । रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने उनको भनाई छ ।



उपाध्यक्ष पाण्डेले पार्टीबाट गृहमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने आफू नै जाने भन्ने चर्चा स्वाभाविक भएको बताए । मन्त्री कसलाई बनाउने भन्ने निर्णय भने नभइसकेको उनले बताए।

तर रोजेकोसहित कम्तिमा तीन मन्त्रालय आफूहरूले लिने, यसमा गठबन्धनबाट पनि धोका नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज