उपराष्ट्रपति रामसहाय यादवलाई प्रमाण पत्र प्रदान



काठमाडौं ।उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई निर्वाचन आयोगले प्रमाण पत्र प्रदान गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यादवलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।



आज भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन् । निर्वाचनमा ३० हजार ३२८ मतभारसहित विजयी भएका हुन् ।



उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज