जब वडाध्यक्षले चैत महिनामा वडावासीलाई सिरक बाडे…



धनुषा । धनुषाको नगराइन नगरपालिका-७ का वडाध्यक्षले वडावासीलाई चैत महिनामा सिरक बाँडेको छन् ।

नगराइन नगरपालिका ७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन् ।



शितलहरको बेला जसोतसो जीवनयापन गरेका विपन्न ज्येष्ठ नागरिकहरूलाई गर्मी याममा सिरक बाँडिएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष साहको निकै टीकाटिप्पणी भइहरेको छ ।



नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको वडाध्यक्ष साहले बताए ।

उनले माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए ।

तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज