अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७९ चैत्र ४, शनिबार १९:४७ बजे

भैरहवा । आयोजक करेन्ट रुपन्देही ११ लाई हराउँदै सुदूरपश्चिम ११ बुटवलमा सुरु २२ औं तिलोत्तमा गोल्डकपमा विजयी भएको छ ।
एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा शनिबार भएको उद्घाटन खेलमा ३-१ गोलअन्तरले रुपन्देहीलाई पछाडि पार्दै सुदूरपश्चिम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सुदूरपश्चिमको जीतमा फागुराम थारुले दुई र स्वाम्या हार्दिकले एक गोल गरे । रुपन्देही–११ का तर्फबाट एक मात्र सान्त्वना गोल खेलको अन्तिम मिनटमा विदेश खेलाडी फोडे फोफोनाले गोल गरे ।



प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार पाउनेछन् ।



गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपियाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय