जसपाको सबै जिम्मेवारीबाट अलग भए उपराष्ट्रपति यादव



काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उपराष्ट्रपति निर्वाचित भएसँगै उनले जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।



जसपाका अध्यक्षलाई सम्बोधन गर्दै उनले पार्टीको साधारणसदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा भएको राजीनामा पत्र दिएका छन् ।



उनले अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको राजीनामा पत्रमा चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख छ ।

त्यस्तै प्रतिनिधिसभाको सभामुखलाई सम्बोधन गरिएको उनको अर्को पत्रमा आफू उपराष्ट्रपतिमा निर्वाचित भएको र त्यसपछि प्रतिनिधिसभा सदस्यको पद स्वतः रिक्त हुने भएकाले त्यसको व्यहोरा जानकारी गराइएको उल्लेख छ । उनी चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज