रुसले कब्जा गरेको युक्रेनी सहर मारिउपोल पुगे राष्ट्रपति पुटिन



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको आकस्मिक भ्रमण गरेका छन् ।

भर्खरै कब्जा गरेको युक्रेनी क्षेत्रमा यो उनको पहिलो यात्रा हो ।



एक आधिकारिक भिडियोमा पुटिनले राति सडकमा कार चलाउँदै र मानिसहरूसँग कुरा गरिरहेको देखाइएको छ ।



क्रेमलिनले यो भ्रमण शनिबार राति भएको बताएको छ । उनी हेलिकप्टरबाट मारिउपोल गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज