ओलीलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने – संसद विघटन गर्वको विषय होइन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको बताए।



प्रचण्डले भने,’सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन ।’

गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज