जुम बैठकमा महिला कर्मचारीमाथि अमर्यादित हर्कत गर्ने डीनले दिए राजीनामा



काठमाडौं । जुम बैठक चलिरहँदा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले राजीनामा दिएका छन् ।

उनले सोमबार उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई इमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।



उपकुलपति रेग्मीले डीन दत्तले राजीनामा दिएको पुष्टि गरेका छन् ।



राजीनामामा आफू निलम्बित भइसक्दा पनि सामाजिक सञ्जालमार्फत विरोध आइरहेकोले राजीनामा दिएको उल्लेख गरेको रेग्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज