२२ अंकले बढ्यो सेयर बजार, १ अर्ब २९ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजार २२.६५ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर १९४९.०६ विन्दुमा पुगेको छ ।



हिजो आइतबार नेप्सेमा ६.९० अंकको गिरावट आएको थियो ।



बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

त्यस्तै,  कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिक नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, नयाँ सारथि लघुवित्त वित्तीय संस्था र मानुशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज