मुख्यमन्त्री कार्कीलाई ओखलढुङ्गामा देखाइयो कालो झण्डा



विराटनगर ।  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् ।

सोमबार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई किराँत राई यायोख्खा नेतृत्वको टोलीले गोरु मारे भञ्ज्याङमा कालो झण्डा देखाएका हुन् ।



प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचानवादीहरूले मुख्यमन्त्रीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले स्कटिङ गर्दै मुख्यमन्त्रीको गाडी गन्तव्यतर्फ पठाएको छ ।



फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज