जसपाबाट मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित



काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् ।

सांसद शहनाज रहमानको निधन भएपछि रिक्त भएको सो पदमा जसपाले सिफारिस गरेअनुसार मञ्जु शर्मा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।



रिक्त पदमा शर्मालाई निर्वाचित गर्न यसअघि जसपाले सिफारिस गरेको थियो ।



अब आयोगले शर्मालाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ भने जसपालाई र संसदलाई जानकारी दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज