ओलीजीले अझै एकपटक मलाई प्रधानमन्त्री बनाउन बाँकी छ : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को एकपटक आफूलाई प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन् ।

विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको उल्लेख गर्दै त्यसको ब्याज तिर्न पनि अझै एकपटक बनाउनुपर्ने उल्लेख गरे ।



उनले भने,’ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर । मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो ।अझै पटक बाँकी छ । एउटा बाँकी छ हिसाब राख्नु होला ‘

राजनीतिक दलहरुको विवाद बहसकै बीचबाट र संसदभित्र हुने विचार विमर्शबाट समस्याको समाधान खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूहरू अराजक ढंगले अघि नबढेको र संविधानबमोजिम प्रक्रिया पुर्‍याएरै अघि बढेको प्रस्टीकरण दिए।

उनले गठबन्धन फेरबदल प्रक्रियागतरूपमा भएको बताए । प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत माग्दा केही असहज महसुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज