साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित



काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ।

ढाकामा सोमबार भएको खेलमा नेपाललाई भारतले ४-१ गोल अन्तरले हराएको हो ।



खेलको पहिलो हाफमा नै ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सान्त्वना गोल फर्कायो।



भारतको जितमा सिल्जीले १०, ४० र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पुजाले ४१ औं मिनेटमा १ गोल थपिन्।

खेलको ५४ औं मिनेटमा वर्षा ओलीले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याईन् ।

अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज