श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर



एजेन्सी । आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलङ्कालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ३ बिलियन अमेरिकी डलर दिएको छ ।

मुद्रा कोषले ३ बिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको आईएमएफले घोषणा गरिएको हो ।



बेलायती साम्राज्यबाट स्वतन्त्र भएयता श्रीलङ्का अहिलेसम्मकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको थियो ।



केन्द्रीय बैङ्कको भण्डारमा विदेशी मुद्राको सञ्चिती रित्तिएपछि श्रीलङ्काले अत्यावश्यक वस्तुहरू समेत किन्न सकेको थिएन ।

पेट्रोलियम पदार्थ, औषधी र खाद्यान्न समेत आयात गर्न सकिरहेको थिएन ।

विश्वव्यापी फैलिएको महामारी, ५० प्रतिशतसम्मले बढेको ऊर्जाको मूल्य र वितरणमुखी आर्थिक नीतिका कारण श्रीलङ्का नराम्ररी आर्थिक सङ्कटको भुमरीमा फसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज