प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त पाँच एआईजीलाई बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई बधाई दिएका छन् ।

डीआईजीबाट एआईजीमा पदोन्नति भएका प्रहरी अधिकारीहरुलाई आईजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।



दुई दिनअघि सरकारले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो ।



गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले २६ फागुनमा उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सिफारिसमा परेका पाँचै जनालाई मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज