साल्ट ट्रेडिङका तत्कालीन जुनियर सहायक पासवान भ्रष्टाचारी ठहर



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक पदका विजय कुमार पासवान भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतको न्यायाधीशद्वय यमुना भट्टराई तथा डा. खुसीप्रसाद थारुले बुधबार पासवानलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका हुन् ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानमा कार्यरत रहँदा मलको नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको उनीमाथि आरोप लगाएको थियो ।



पासवानविरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ बिगो दाबी गरिएको हो । इजलासले सजाय निर्धारणका लागि भने अर्को पेसी तोक्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज