२०८० सालको बैंक बिदाको सूची सार्वजनिक, कार्यालय र बैंकिङ समय पनि निर्धारण



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदाको सूची जारी गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको हो।



जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ । दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।



जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

यस्तै दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज