न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु



काठमाडौं । न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता साझेदार मुख्य चार दलको बैठक बालुवाटारमा सुरु भएको छ।

मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको हो ।



बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी जसपा सहभागी छन्।



बैठकमा माओवादीका तर्फबाट उपमहासचिव शक्ति बस्नेत, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।

यसअघि मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन बुधबार चारै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज