राष्ट्रपति पौडेललाई चेम्बरले दियो बधाई



काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेर चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले राष्ट्रपति पौडेललाई बिहिबार सफल कार्यकालको शुभकामना दिएको हो ।



भेटमा राष्ट्रपति पौडेले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए।



जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ।

मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज