मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न बालुवाटार पुगे देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिनेगरी छलफल गरिरहेका बेला सभापति देउवा बालुवाटार पुगेका हुन् ।



चैत ६ गते विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।



अहिले पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलका लागि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगिसकेका छन् ।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।

मन्त्रालय बाँडफाँटको विषयमा गठबन्धनमा रहेका शीर्ष चार दलबीच मात्रै परामर्श भइरहेको छ । वुधबार पनि प्रधानमन्त्रीले कांग्रेस, नेकपा एस र जसपाका नेताहरुसँग मात्रै छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज