काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियामाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
१४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वेशाख २०७९ सम्म पदमा थिए ।
गाउँपालिका अध्यक्ष बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैँया गैरकानूनी सम्पत्तिआर्जन गरेको भन्दै अख्तियारले विगो मागदावीसहित मुद्धा दायर गरेको हो ।
प्रतिक्रिया!