काठमाडौं । मधेश प्रदेश सरकारले नेपाली क्रिकेट टोलीका खेलाडी आशिफ शेखलाई २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।
बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले आशिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आशिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्।
पर्साको वीरगन्ज निवासी आशिफलाई २०२२ फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आईसीसी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गरेको हो।
सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आशिफको हातमा बल आएको थियो। रनआउट गर्ने सहज मौका हुँदा पनि उनले रनआउट गरेनन्। आईसीसीले आशिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको हो।
यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुईरदुई लाख प्रदान गर्ने घोषणा गरेप पनिआशिफलाई पुरस्कार नदिएपछि प्रदेश सरकारको कडा आलोचना भएको थियो।