नवनियुक्त आईजीपी कुँवर आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै



काठमाडौं । आजबाट नेपाल प्रहरीको नेतृत्व नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्हाल्ने छन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।



३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई ल्याएको हो ।



नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् । कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।

यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज