प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो स्पष्टीकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्स (वायुसेवा निगम) सँग स्पष्टीकरण सोधेको छ।

निगमले मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति माग गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।



नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान सञ्चालन गर्न पाउने व्यवस्था छ ।



तर, निगमले उक्त क्षेत्रमा नियमित उडान नगरी यात्रु चार्टर उडान सञ्चालनका लागि प्राधिकरणसँग अनुमति माग गरेपछि प्राधिकरणले स्पष्टीकरण दिन भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज