मन्त्री श्रेष्ठले भने- बढीमा सात दिनभित्रै लाइसेन्स दिने गरी काम अगाडि बढाइएको छ



काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।



मन्त्री श्रेष्ठका अनुसार अहिले दैनिक छ देखि सात हजारसम्म लाइसेन्स छाप्नुपर्ने भएपनि दैनिक चार हजारमात्रै लाइसेन्स छपाईको काम भइरहेको उनले बताए ।



अहिले ट्रायल परीक्षा उत्तीर्ण गरेको एक वर्ष पुग्दा पनि लाइसेन्स नपाएपछि यातायात कार्यालयले दिएको भौचरले काम चलाउनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज