राहुलको सांसद पद खारेजीको विरोध गर्दै कालो पोशाकमा संसद पुगे कांग्रेस सांसद



काठमाडौं । भारतको विपक्षी दल कांग्रेस आईका सांसदहरू सोमबार कालो पोशाकसहित संसद प्रवेश गरेका छन् ।

सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेको देखिन्छ ।



कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् । कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।



अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट गत शुक्रबार भारतीय संसद सचिवालयले उनको पद रद्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज