सुदूरपश्चिम प्रहरी प्रमुखमा बोहरा, कोशीमा बास्तोला



काठमाडौं । गृह मन्त्रालयले कोशी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रहरी प्रमुख खटाएको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा एसएसपी राजेशनाथ बास्तोला र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा एसएसपी भरतबहादुर बोहरालाई खटाइएको हो ।



यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका बिवादास्पद डीआईजी श्यामलाल ज्ञवाली प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि कोशी प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन थियो ।



गृहमन्त्रालयले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको प्रमुख रहेका एसएसपी बास्तोलालाई कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

यस्तै तत्कालीन डीआईजी अशोक सिंहले राजिनामा दिएपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहिन थियो । नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज