मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?



काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ ।

आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन महँगो भाडा तिरेर नयाँ भवनमा सर्ने तयारीले धेरैलाई आश्चार्यमा पारेको छ ।



काठमाडौं महानगर मासिक ६० लाख रूपैयाँ तिर्नेगरी १० वर्षका लागि काठमाडौं प्लाजामा सर्ने सम्झौता गरेसँगै महानगरभित्रैबाट विरोधका आवाज सुनिन थालेको छ ।



बागदरबारको पुरानो भवनको प्रबलीकरण र टेकुमा बन्दै गरेको ७० करोडको भवन अलपत्र छोडेर मासिक ६० लाख रूपैयाँ तिर्ने गरी महानगर किन सर्दै छ भन्ने विषयमा महानगर कार्यालयका कर्मचारी नै अचम्मित छन् । नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज