आम जनता पार्टीकी केन्द्रीय सदस्य पासवानमाथि जुत्ता, चप्पलसहित बियरको बोतल प्रहार



जनकपुरधाम । नेता प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) की केन्द्रीय सदस्य प्रिति पासवानमाथि जुत्ता चप्पल प्रहार गरिएको छ ।

शुक्रबार धनुषामा नाच्न आएकी पासवानमाथि दर्शकहरुले जुत्ता चप्पलसहित बियरको बोतल समेत प्रहार गरेको हो । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित चैती दुर्गा मेलामा नाच्न बोलाइएका नचनियाँ पासवानमाथि जुत्ता चप्पल प्रहार भएको हो ।

स्टेजमा नाच्दै गर्दा उनीसहित अन्य नचनियाँहरुमाथि बियरको बोतल प्रहार गरिएको हो । धनुषा जिल्लामा आरेकेष्ट्रा (छौडीनाच- तराई मधेशमा साँस्कृतिक कार्यक्रम बाहेक नाच्ने महिला नर्तकीलाई छौडी नाच भन्ने गरिन्छ ।) प्रतिबन्ध गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय सबैलाले उक्त ओरकेष्ट्रा नचाएको हो ।

ईलाका प्रहरी कार्यालय सबैलाका ईन्सपेक्टर रामकृष्ण देवकोटाले प्रतिबन्धित छौडीनाचलाई प्रश्रय दिएका थिए । अश्लिल गीतहरुमा अँग प्रदर्शन गर्दै नाचेका नर्तकीहरुमाथि दर्शकहरुले नै जुत्ताचप्पल प्रहार गरेको एक दर्शकले बताए ।

सबैलाका पूर्व मेयर विजयशंकर प्रसाद साहले मगाएको नचनियाँहरुलाई ईलाका प्रहरी कार्यालय सबैलाले संरक्षण र सुरक्षा दिएका थिए । धनुषा प्रशासनबाटै बैन गरिएको छौडीनाच प्रहरी प्रशासनकै मिलोमत्तो र सुरक्षामा भएपछि सर्वसाधारणको दृष्टिकोण समेत प्रहरीप्रति नाकारात्म हुन थालेको छ ।

चर्चित नेता प्रभु साह नेतृत्वको आम जनता पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी पासवान पटक पटक स्टेजमै हुज्जत हुने गरेको छ । केही दिन अगाडी नाच्दै गर्दा पत्थरबाजी भएपछि माईकमा बोल्न खोज्दा आयोजकले बेइज्जत गर्दै माईक खोसेको भिडियोहरु सार्वजनिक भएको थियो ।

टिकटोकिया, बेरोजगार, चरसी, गँजेडी भँगेरीहरुले उनको नाचलाई मन पराउँदै आएको छ । साभार : न्यूज ब्यूरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज