बिधालयको ताला फुटाएर कम्प्युटर चोरी



वीरगंज – १९ जेठ । पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वाका एक बिधालयमा बिहीवार राती चोरी भएको छ । स्थानीय श्री मंगल माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको ताला फोडी १३ थान सेट कम्प्युटर र ५ वटा कुर्सी चोरी भएको छ ।

बिहिवार रातको समयमा विद्यालयको कम्प्युटर ल्याब कोठामा रहेको ताला फोडी १३ थान सेट कम्प्युटर र ५ थान कुर्सी चोरी गरिएको प्रधानाध्यापक दिनेश पटेलले बताउनुभयो । चोरीमा संलग्नको बारेमा अहिलेसम्म पहिचान हुन सकेको छैन ।

घटनाको बारेमा प्रहरीमा अहिले सम्म उजुरी नआएको तर मौखिक जानकारी आउनैबितिकै जिल्लाबाट क्राइम टोली सहितका प्रहरी खटाएर चोरीमा संलग्नको तिब्र रूपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज