जनकपुर, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय रौतहटको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ । 
मधेश प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक भट्टराईले उक्त निरिक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक भट्टराईले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उहाँले निर्देशन गर्नुभएको छ । 
निर्देशन सम्बोधनको क्रममा वाहाँले अवैध भन्सार चोरी निकासी पैठारी नियन्त्रण गर्ने, सिमानाकामा रहेका प्रहरी युनिटहरुको समय-समयमा निरीक्षण तथा अनुगमन गर्ने, मिटर ब्याज पिडितहरुको गुनासोको उचित सम्बोधन गर्ने, विचौलियाहरुको नियन्त्रण तथा निषेध गर्न टोली खटाउने, जाली नोट तथा हुण्डी कारोवार नियन्त्रण गर्ने, राजश्व चुहावट नियन्त्रण गर्ने, आर्थिक अनियमितता, संगठित अपराध तथा अपराधिक गतिविधी नियन्त्रण गर्ने, नागरिकमैत्री नवप्रवर्तनीय कार्यहरुको संचालनलाई बढावा दिने, ट्राफिक दुर्घट्ना नियन्त्रण गर्ने तथा कार्यालय संचालन व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको ।