पर्साबाट सालको गोलिया बरामद



पर्सा । प्रहरीले परालभित्र लुकाएर राखिएको अवस्थामा पर्साबाट ७ थान सालको गोलिया बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थाई प्रहरी पोस्ट मनवाको टोलीले कोइलाभार टोलमा परालभित्र राखिएको सालको गोलिया बरामद गरेको हो ।

४० इन्च मोटाइ र ७ फिट लम्बाइको एक थान, ३५ इन्च मोटाइ र ४ फिट लम्बाईको २ थान, ३० इन्च मोटाइ र ४ फिट लम्बाइको ४ थान काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली ले जनाएको छ ।

बरामद गरिएको सालको गोलिया सब डिभिजन वन कार्यालय सखुवनियाको जिम्मा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज