बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेलाई सजाय तोक्न आज पेसी



काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने भएको छ। गत पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय निर्धारणका लागि आज पेसी तोकिएको हाे ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज