सर्वोच्च जाने तयारी गरेका चोलेन्द्र जब सरकारी निवासमै थुनिए



काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू निवासमै थुनिएको बताएका छन्।

आइतबार सर्वोच्च अदालत जाने तयारी रहेका उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन रोकेपछि उनी निवासमै रोकिएका हुन्। आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेको उनको आरोप छ ।



सर्वोच्च अदालत जाने तयारी रहेका उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन रोकेपछि उनी निवासमै रोकिएका हुन्। चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।



प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए। तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरू राणालाई रोक्ने तयारी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज