समानुपातिक सूची बनाउन माओवादीले बनायो कार्यदल



काठमाडौं । आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ ।

आज बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले जानकारी दिए ।



कार्यदललाई सूची बढाउने/घटाउने, मापदण्ड पूरा भए/नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको उनले बताए ।



आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम निर्णय लिने साहले जानकारी दिए ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज