मह जोडी, कुलमान घिसिङसहित १७ जना सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन् ।

उनीहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन्।



सम्मानित हुनेहरूमा कुलमान घिसिङ, नीर शाह, राजेश हमाल, गंगाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कँडेल, एकनारायण अर्याल, डा. पेमनारायण कँडेल, कृष्णहरि पुस्कर र लीलादेवी गडतौला छन् ।



यस्तै सरकारको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण प्रदान गर्नेछिन् ।संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज