माओवादी केन्द्रको पदाधिकारी बैठक २ बजेका लागि सर्‍यो



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।

समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।



समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ ।



निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।

समानुपातिक सूची तयार गर्न माओवादी केन्द्रले महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज