‘लौरो’ चुनाव चिन्ह खारेजीको माग राख्दै आयोगमा उजुरी



काठमाडौँ । लौरो चुनाव चिह्न खारेज गर्न माग गरिएको छ । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

लौरो चुनाव चिह्नको गलत प्रचार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । आयोगमा १८८ औँ नम्बरमा दर्ता भएको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो छ ।



तर, उक्त दलले सामाजिक सञ्जालमा आफ्नो पार्टीको नाम नराखेर ‘स्वतन्त्र अभियान लौरो’ भनेर प्रचार गरी भ्रम सिर्जना गरेको भन्दै स्वतन्त्र युवाहरूले आयोगमा उजुरी दिएका हुन् ।



अयोगमा आइतबार सुनिल रिजाल र विजय कँडेलले हाम्रो नेपाली पार्टीविरुद्ध उजुरी दिएका हुन् ।

उनीहरूले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

आयोगले उक्त दललाई प्रष्टीकरण सोध्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज