काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्द सूची बुझाएका छन् ।
समानुपातिकको बन्दसूची बुझाउन आयोगले तोकेको दोस्रो दिन प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका हुन्।
१ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत शक्ति नेपाल लगायतले बन्द सूची बुझाएका छन् । नेकपा माओवादी पुष्पलाल लगायतका दल पनि बन्द सूची लिएर आयोग पुगेका छन् ।
एउटै चुनाव चिह्नबाट चुनाव लड्ने घोषणा गरेका नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा बन्दसूची बुझाउँदैछन् ।
प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
प्रतिक्रिया!