अध्यक्ष अ‍ेलीले भने – जनतालाई मौलिक हकको व्यवस्था एमालेले मात्रै गर्न सक्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मौलिक हकको व्यवस्था एमालेले मात्रै गर्न सक्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



अध्यक्ष ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए ।



संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताए।

युवालाई गुणस्तर शिक्षाको अवसर दिँदा, उनीहरूलाई आफ्नै खुट्टामा उभिएर उत्कृष्ट जीवनयापन गर्ने अवस्था निर्माण गर्न एमाले सक्रिय रहेको उनको भनाइ छ।

नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरूको उद्देश्य रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज