उद्योग मन्त्री बडूद्धारा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास



दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बीच नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।



पुलले महाकाली नगरपालिका८ असिगडा र भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट जोड्ने छ । एक सय १० मिटर लम्बाई रहेको उक्त मोटरेबल पुल भारतीय पक्षले निर्माण गर्ने छ ।



शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले दार्चुला अब अन्तरदेशीय व्यापारको हब बन्ने विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाको रुपमा लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज