महिला साफको फाइनलमा बंगलादेशको अग्रता



काठमाडों । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको १३ औं मिनेटमा बंगलादेशले गोल गर्दै नेपाललाई दबाबमा पारेको हो ।

समसुनहरले बंगलादेशका लागि आकर्षक गोल गरिन् । साथीले गरेको आकर्षक क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

हाल खेलको पहिलो हाफ जारी छ । दुवै टोली पहिलो पटक महिला साफ च्याम्पियनशिपको ट्रफी उचाल्ने दाउमा मैदानमा उत्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज