जापानमा नानमाडोल आँधी : २ जनाको मृत्यु, ९० लाख मानिसलाई घर छोड्न आदेश



एजेन्सी । जपानले अहिलेसम्मकै सबैभन्दा डरलाग्दो र खतरनाक सामुद्रिक आँधीको सामना गर्ने क्रममा करिब नब्बे लाख मानिसलाई आफ्ना घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान सरकारले आह्वान गरेको छ ।

‘नान्मादोल’ नामक यस आँधीको कारण २ जनाको ज्यान जानुका साथै अन्य ९० जना घाइते भएका छन् ।



जापानको सुदूर दक्षिणी टापु क्युसुमा आइतबार बिहानबाट आँधी चलेको थियो । केही दिनभित्रै यो आँधी होन्सुको मुख्य टापुमा पुग्ने जलवायु विज्ञान विभागले भविष्यवाणी गरेको छ ।



आइतबार दशौँ हजार व्यक्तिले आपत्कालीन शिविरमा रात काटेका थिए । आँधीकै कारण ३ लाख ५० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज